काडमाडौँ । सरकारले विभिन्न मुद्दाका ७०२ कैदीको सजाय माफी गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा कैद भुक्तान हुन बाँकी रहेका उनीहरुको कैद मिनाह गरेकी हुन् ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका ६८१ कैदीलाई माफी दिएकी छन् ।
यसैगरी संविधानको धारा २७६ र मुलुकी फौजवारी कार्यविधि संहिता २०७४ को दफा १५९ बमोजिम २१ जनाको कैद सजाय माफी गरिएको हो ।


