डा.गोबिन्द केसीको समर्थनमा भरतपुरमा “दीप प्रज्वलन”


भरतपुर । डा.गोविन्द केसीको २० औं सत्याग्रहको आज छैटौं दिन उनका ७ ओटै मागहरुप्रति पूर्ण रुपमा एक्यबद्दता जनाउंदै भरतपुरको चौबिसकोठीमा दिप प्रज्वलन तथा सांगीतिक कार्यक्रम सम्पन्न गरिएको छ।


उक्त कार्यक्रममा चितवनका विभिन्न दलहरुका नेताहरु जीता बराल, धर्मेन्द्र सापकोटा, सिता ज्ञवाली, अगुवाहरु डा सुबास थापा, प्रभा ढकाल , सचिन चापागाईं, भारत दवाडी लगायत अन्य युवाहरुको सहभागिता रहेको कार्यक्रम संयोजक प्रविन काफ्लेले बताएका छन्।

काफ्लेले भरतपुरबाट शान्तिपूर्वक यो आवाज वालुवाटार, सिंहदरवार हुँदै पुरा देशभर पुर्याउन चाहेको बताए। उनले डा केसीको शारीरिक अवस्था निकै कमजोर रहेको भन्दै यदि उनको जीवन तलमाथी भए सिंगो देश श्रापबाट मुक्त नहुने धारणा व्यक्त गरेका छन्।

डा केसी सिंगो देशको आवाज बनेको हुँदा ३ करोड नागरिक सडकमा उत्रिए देश गम्भीर मोडमा जाने संकेत गर्दै सरकारले यथासिघ्र मागहरु सम्बोधन गरि जीवन रक्षा गर्नुपर्ने धारणा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..