होटलबाट पेस्तोलसहित एकजना पक्राउ


बुटवल । प्रहरीले बुटवलको एक होटलबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।बुटवल ईंटाभट्टीस्थित होटल नमोबुद्धमा बसेका बुटवल सुख्खानगरका सन्तोष सलामी मगरलाई रिभल्वर पेस्तोल र तीन थान गोली सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बाग्लुङ दगातुन्डाँडा स्थायी घर भइ बुटवल बस्दै आएका सलामी होटलको दोस्रो तलामा रहेको १०४ नं.कोठामा बसेको गोप्य सूचनाका आधारमा जाँच गर्दा उनी पेस्तोल सहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी श्याम अर्यालले बताए ।

सलामीलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..