बिशिष्ठ ब्यक्तिको सुरक्षा अनुशिक्षण तालिम उदघाटन

विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा दोश्रो चरणको बिशिष्ठ ब्यक्तिको सुरक्षा अनुशिक्षण तालिम उदघाटन भई संचालन भएको छ ।

आज बिहान १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जय राज सापकोटाले तालिमको उदघाटन गर्नु भएको हो । १ नम्वर प्रदेश अन्तरगतका बिशिष्ठ ब्यक्तिहरुको सुरक्षार्थ खटिएका सुरक्षा कर्मीहरुलाई उक्त तालिम दिईएको हो । तीन कार्य दिन अवधिको पुनर्ताजगी अनुशिक्षण तालिममा प्रहरी बरिष्ठ नायव निरीक्षक देखि प्रहरी जवान सम्म २५ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ ।

अनुशिक्षण तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक तथा ब्यवहारिक ज्ञान दिईनुका साथै प्रयोगात्मक अभ्यास समेत गराईने छ । पहिलो चरणमा बिशिष्ठ ब्यक्तिहरुको सुरक्षार्थ खटिएका २५ जना प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण तालिम प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..