बिशिष्ठ ब्यक्तिको सुरक्षा अनुशिक्षण तालिम उदघाटन

विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा दोश्रो चरणको बिशिष्ठ ब्यक्तिको सुरक्षा अनुशिक्षण तालिम उदघाटन भई संचालन भएको छ ।

आज बिहान १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जय राज सापकोटाले तालिमको उदघाटन गर्नु भएको हो । १ नम्वर प्रदेश अन्तरगतका बिशिष्ठ ब्यक्तिहरुको सुरक्षार्थ खटिएका सुरक्षा कर्मीहरुलाई उक्त तालिम दिईएको हो । तीन कार्य दिन अवधिको पुनर्ताजगी अनुशिक्षण तालिममा प्रहरी बरिष्ठ नायव निरीक्षक देखि प्रहरी जवान सम्म २५ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ ।

अनुशिक्षण तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक तथा ब्यवहारिक ज्ञान दिईनुका साथै प्रयोगात्मक अभ्यास समेत गराईने छ । पहिलो चरणमा बिशिष्ठ ब्यक्तिहरुको सुरक्षार्थ खटिएका २५ जना प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण तालिम प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..