तनहुँमा नेकपा एसको ‘अनेरास्ववियु’ गठन


दमौली । नेकपा एकिकृत समाजवादी पार्टी (एस) निटक विद्यार्थीहरुको भेलाले तनहुँमा शनिबार अखिल
नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियु) गठन गरेको छ । दमौलीमा सम्पन्न भएको भेलाले
सुसन पौडेलको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा राहुल
नेपाली सचिवमा समिता बिक, उपसचिवमा आदर्श श्रेष्ठ र कोषाध्यक्षमा सुनिता थापा चयन भएका छन् ।
दमौली स्थित रहेको एकदेव आले स्मृति भवनमा सम्पन्न भेलालाई सम्बोधन गर्दै नेकपा एस तनहुँका
अध्यक्ष श्रीराम कार्कीले विद्यार्थीहरुलाई निरंकुशता र प्रतिगमन विरुद्धको एकजुट हुन निर्देशन दिए ।


उनले देशको विरुद्ध सरकार सञ्चालकले उठाएको कमदमा जागरुक भएर लाग्नुपर्ने बताउदै लोकतान्त्रिक
गणतन्त्र र जनजादी समाजवादी शिक्षा प्रणालीका पक्षधर बन्न विद्यार्थीहरुलाई आग्रह गरे ।भेलामा नेकपा एस तनहुँकी उपाध्यक्ष मनुमाया श्रेष्ठ, सचिव दुर्गाकुमार श्रेष्ठ, उपसचिव गजिन्द पन्थ,सचिवालय सदस्य रनसिंह नेपाली, लगायतले पार्टीको आधारस्तम्भ विद्यार्थीहरु भएको बताए । उनीहरुले
पार्टीले अंगिकार गरेको मुद्धामा सहयोग बन्नुपर्नेमा जोड दिएका थिए ।


किरण नेपालीको अध्यक्षतामा भएको भेला मार्फत अनेरास्ववियुको ईकाईलाई जिल्ला भर विस्तार गर्ने
निर्णय भएको नवनिर्वाचित अध्यक्ष पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..