अरुको ट्रायल दिएको आरोपमा ५ पक्राउ


काठमाडौं । नक्कली कागज बनाएर लाइसेन्सका लागि अरुको ट्रायल दिएको आरोपमा ५ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिन्धुलीको दुधौली घर भइ काठमाडौंको चाबहिल बस्ने मनिष श्रेष्ठ, तीनकुने बस्ने मनिष लामिछाने र भक्तपुर बस्ने टुल्कु सिं तामाङ छन् ।

यस्तै भक्तपुरको कटुञ्जे बस्दै आएका कालिकोटका ईन्द्रबहादुर शाही र गोरखाका राजकुमार श्रीमललाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


उनीहरुलाई लिखत सम्बन्धी कसूरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।पाण्डेका अनुसार उनीहरुले भक्तपुरको राधे राधेस्थित ईजी वे ट्रायल सेन्टरमा नक्कली नगारिकता र नक्कली प्रवेश पत्र बनाएर अन्य व्यक्तिहरुको ट्रायल दिने गरेका थिए ।

उनीहरुको साथबाट क्कली नागरिकताहरु, पासपोर्ट, प्रबेश पत्रहरु, बिभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..