चोरिएका मोटरसाइकलसहित तीन जना पक्राउ


सिरहा। सिरहाबाट प्रहरीले चोरिएको दुई वटा मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ ।लहानस्थित प्रादेशिक अस्पतालको पार्किङ स्थलबाट चोरी भएको को.२६ प १८३६ र लहान १ बाट चोरी भएको स.६ प १७७ नम्बरको मोटरसाइकल छुट्टाछुट्टै मितिमा चोरी भएको थियो ।


यी दुई मोटरसाइकलसहित लहान नगरपालिका ३ बस्ने २० बर्षीय नवीन कुमार महतो, वडा नम्बर ३ बस्ने २४ बर्षीय राकेश राय र २२ बर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेका तीनै जनाविरुद्ध चोरी सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय लहानबाट थप अनुसन्धान गर्ने कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..