ओलीको क्षेत्रबाट कांग्रेसको उम्मेदवार बन्न चार जनाको नाम सिफारिस


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट कांग्रेसको उम्मेदवार बन्न चार जनाको नाम सिफारिस भएको छ ।


अघिल्लोपटक ओलीसँग पराजित खगेन्द्र पाण्डव अधिकारी, नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष मेदनी सिटौला, २०७४ सालमा कांग्रेसमा प्रवेश गरेका विश्वदीप लिङदेन र महेन्द्रा सुब्बाको नाम सिफारिस गरिएको छ ।


प्रतिनिधिसभा क्षेत्रीयसमितिले प्रत्यक्षतर्फ प्रदेश सभामा पनि सिफारिसमा गरेको छ ।झापा ५ (क) मा राजन भट्टराई ,जिबन राई, अनिलकृष्ण प्रसाईंको नाम सिफारिस गरिएको छ । प्रदेश खबाट ढुण्डिराज भण्डारी , शेरबहादुर भट्टराई र चन्द्रकला भण्डारीको नाम पठाइएको छ । झापा १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको नाम सर्वसहमतिमा पठाइएको छ । झापाको २, ३ र ४ को नाम भने शुक्रबार सिफारिस गरिने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..