गाैर । नेपाल प्रहरी एवं सशस्त्र प्रहरी बलको संयुक्त गश्ती टाेलीले झण्डै २०४ किलो गांजा बरामद गर्न सफल भएको छ ।
१३ गते बिहान एक बजेको समयमा गाैर नगरपालिका २ बकैया खाेला किनारमा सशस्त्र प्रहरी निरीक्षक महेश्वर गिरी र प्रहरी चाैकी महादेवपट्टीका प्रहरी सहायक निरीक्षक सुरेश चाैधरीकाे संयुक्त कमाण्डमा खटिएको टाेलीले उक्त गांजा बरामद गरेको हो ।
नेपालबाट भारत तर्फ लैजादै गरेका नाै जना प्रहरी देख्नेबित्तिकै उक्त सामान छाेडेर भागेको सशस्त्रको गाैर बिअाेपीका प्रमुख महेश्वर गिरीले जानकारी दिएका छन् । उक्त गांजा आवश्यक कार्वाहीकाे लागि जिल्ला प्रहरी कार्यालय गाैरमा बुझाएको छ।


