कार्यबाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी एआईजी सहकुल थापाले पाए

काठमाडौं । कार्यबाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी एआईजी सहकुल थापाले पाएका छन् । प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहले विश्वभरका प्रहरी प्रमुखहरुको सम्मेलनमा जानुअघि थापालाई कार्यबाहक जिम्मेवारी दिएका हुन् ।

सोमबार साँझ आईजीपी सिंह अमेरिका प्रस्थान गरेका छन् । अमेरिकामा संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रका प्रहरी प्रमुखहरुको सम्मेलन हुँदैछ । अगस्ट ३१, सेप्टेम्बर १ र २ मा आयोजना हुने सम्मेलनमा आईजीपी सिंह सहभागी हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..