३७ सय किलाे विस्फाेटक पदार्थ प्रयाेग गरेर भत्काइयाे नाेयडाका ‘ट्विन टावर’

नयाँदिल्ली । भारतकाे नाेयडाकाे सेक्टर ९३ ए मा रहेकाे अवैध रूपमा बनाइएकाे विवादास्पद ट्विन टावर भत्काइएकाे छ । झन्डै ३७ सय किलाे विस्पाेटक पदार्थ प्रयाेग गरेर ९ सेकेन्डमै ट्विन टावर भत्काइएकाे छ ।

एपेक्स र केएन नाम गरेकाे टावरलाई सुपरटेक बिल्डरले बनाएकाे थियाे । ३० तले यी भवनलाई ट्विन टावर भनिन्थ्याे । यसकाे उचाइ तीन सय २० फिटभन्दा धेरै थियाे । 

यी भवन भारतमा भत्काइएकाे सबैभन्दा ठूलाे भवन थियाे । याे नाेयडाकाे बाक्लाे बस्ती रहेकाे क्षेत्रमा थियाे । 

सावधानी अपनाउँदै यी भवन नजिककाे समुदायमा रहने मानिसलाई घरबाट खाली गराइएकाे थियाे । 

नोयडा अथाेरिटीका अनुसार यी टावर भत्काइएपछि पर्यावरण संरक्षणकाे उद्देश्यबाट प्रभावित क्षेत्रहरूमा सडक, फुटपाथ, रुखबिरुवाकाे सफाइका लागि पानी ट्याङ्कर, मेकानिकल स्वीपिङ मेशिन र सफाइ कर्मचारी खटाइएकाे छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..