आगामी निर्वाचनमा सय सिटभन्दा कम लिएर गठबन्धन गर्नुको अर्थ हुँदैन : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एक सय सिटभन्दा कम लिएर गठबन्धन गर्नुको अर्थ नहुने बताएका छन् । शनिबार जनताको साथमा कांग्रेस अभियानअन्तर्गत् मोरङको क्षेत्र ६ कांग्रेसको सभालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा सय सिट भन्दा कम लिएर गठबन्धन गर्नुको अर्थ नहुने बताएका हुन् ।

नेता कोइरालाले कांग्रेसले एक सय सिटभन्दा कम सिट लिएर निर्वाचनमा जान नहुने बताए । साथै उनले गठबन्धन दलले कांग्रेसको संगठन कमजोर भएको भनेर नबुझ्न आग्रह समेत गरेका छन् ।

अहिले देशको प्रतिकूल अवस्था रहेकाले गठबन्धनलाई स्वीकारेर निर्वाचनमा जानु परेको उल्लेख गर्दै नेता कोइरालाले भनेका छन्, ‘कांग्रेस कमजोर छैन, एक्लै पनि निर्वाचनमा जान सक्षम छ । तर परिस्थिति अनुकूल नभएकाले गठबन्धनमा जानू हाम्रो लागि बाध्यता हो ।’त्यस्तै, उनले गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कांग्रेसको प्रभाव भएका कुनैपनि क्षेत्र छोड्न नसकिने बताए ।

उनले भने, ‘गठबन्धन दलले दाबी गर्दैमा त्यस्तो सिट छोडिहाल्ने भन्ने हुदैन । त्यहाँ कसको संगठन कस्तो छ ? जित्ने आधार कति छ ? सबै कुराको लेखाजोखा हुन्छ, र तबमात्रै सिटको बाँडफाँट हुने हो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..