सुन्दर र स्वच्छ शहरको विकासबाटै व्यवस्थित शहरीकरण सम्भव : प्रधानमन्त्री देउवा

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले सुन्दर र स्वच्छ शहरको विकासबाटै व्यवस्थित शहरीकरण सम्भव हुने बताएका छन् । उनले नेपालमा सहर योजनाबद्ध र व्यवस्थित बन्न नसक्दा विभिन्न खालका विपद्को सामना गर्नुपरेको बताए ।

प्रधानमन्त्री देउवाले बुटवल उपमहानगरपालिका-१० स्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै नेपालका अधिकांश शहर योजनाबद्धरुपले बन्न नसकेकाले अव्यवस्थित र पुराना शहरलाई पुनःनिर्माण गरी व्यवस्थित शहरकोरूपमा रूपान्तरण गर्न जरुरी रहेको बताएका हुन् ।

बुटवलले व्यवस्थित शहरी विकासमा फड्को मार्न लागेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सम्मेलन केन्द्रले बुटवलको आर्थिक, सामाजिक र शैक्षिक विकासमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्दै यो सञ्चालनका लागि सरकारले छिट्टै निश्चित विधि तयार गर्ने बताए।

मुलुक संघीयतामा प्रवेश गरेसँगै संघीय सरकारसँगै प्रदेश र स्थानीय तहमा विकासका पूर्वाधार बढेको र व्यवस्थित तरिकाले शहरी पूर्वाधार अघि बढाउन जरुरी रहेको प्रधानमन्त्री देउवाले उल्लेख गरे ।

उनले प्रदेश र स्थानीय तहले योजनाबद्व शहरी विकासमा जोड दिनुपर्ने बताए । ‘जनातालाई आफ्नै थातथलोमा आधुनिक शहरी विकासको सेवा पुर्‍याउन सके अनियन्त्रित बसाइँसराइ रोकिन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..