भारतमा विश्वकै अग्लो रेलवे पुल सम्पन्न हुँदै

काठमाडौं । भारतले मणिपुर राज्यको राजधानी इम्फाल नजिकै विश्वकै सबैभन्दा अग्लो रेलवे पुल निर्माण गरिरहेको छ ।इम्फाल र जिरीविम जोड्ने एक सय ११ किलोमिटर रेलवे लाइनको नोने भन्ने स्थानमा विश्वकै अग्लो रेलवे पुल निर्माण सम्पन्न हुने क्रममा रहेको हो ।


करिब ७५ प्रतिशत काम पूरा भईसकेको यो पुलको उचाई एक सय ४१ मिटर रहेको छ भने लम्बाई सात सय तीन मिटर रहेको छ ।पहाडी राज्य मणीपुरमा निर्माणाधीन यस रेलवे लाइनमा ५२ वटा सुरुङमार्ग रहेका छन् भने एक सय २९ वटा पुल मध्ये ११ वटा ठूला पुल रहेका छन् ।

ती मध्येकै नोनेपुल सबैभन्दा उच्च स्थानको पुल भएको भारतीय रेलवेले बताएको छ ।यो पुल निर्माणपछि १२ घण्टा लाग्ने यात्राको दूरी साढे दुई घण्टामा छोटिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..