गोली प्रहार गरेर फरार २ जना पेस्तोलसहित पक्राउ


बुटवल । प्रहरीले गत साउन २९ गते रुपन्देहीको रोहिणी गाउँपालिकामा स्थानीय विकास गुरुङमाथि मध्ये २ जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा रुपन्देही जिल्ला मायादेवी गाउँपालिका वडा नम्बर ७ महुवारी बस्ने ३२ वर्षीय पवनराज भर र सिद्धार्थनगर नगरपालिका वडा-४ दोगहरा बस्ने २१ वर्षीय मोहम्मद अरसद मुसलमान (काजु) रहेका छन् ।


मुख्य शूटर कृष्ण भुज भने पक्राउ परेका छैनन् । उनीहरुको साथबाट प्रहरीले मेड ईन युएसए लेखेको अटोमेटिक पेस्तोल र चोरी भएको मोबाइल फोनसमेत बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्याम अर्यालले बताए ।


रेष्टुरेण्टमा पसेर ३ जनाको समूहले हतियार देखाई नगद, सुनका गरगहना र मोबाइलसमेत लुटपाट गरी भाग्ने व्यक्तिलाई पिछा गर्दै गएका २८ वर्षीय विकास गुरुङ्गमाथि उनीहरुले गोली प्रहार गरेका थिए ।

एकै मोटरसाईकलमा सवार ३ जनामध्ये बिचमा बसेका कृष्ण भुजले गुरुङ्गमाथि गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको डीएसपी अर्यालले बताए । अहिले गुरूङको अवस्था सामान्‍य छ ।पक्राउ परेका दुवै जनामाथि चोरी डकैती, ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..