बेलबारीमा गायिका ज्योति मगरको जादु


बेलबारी । चर्चित राष्ट्रिय गायिका ज्योति मगरले बेलबारीमा आफनो जादुमय प्रस्तुति राख्ने भएकी छिन । यहि भाद्र ९ गते बिहिबार साँझ बेलबारी ३ स्थित ड्रिमल्याण्ड फनमा आयोजना गरिएको कार्यक्रममा ज्योतिले आफना चर्चित
गित प्रस्तुत गर्नेछिन ।


फनको पाँचौ बार्षिकोत्सब तथा तिज पर्बको अबसरमा आयोजित साँगीतिक कार्यक्रममा उनी आउन लागेको फनकी प्रबन्ध निर्देशक सुष्मा आचार्यले जानकारी दिईन । उनका अनुसार कार्यक्रममा ज्योति सँगै स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने छ ।


कार्यक्रमको तयारी लगभग पुरा भएको फनका अध्यक्ष तथा पर्यटन ब्यबसायी बिजय सुवेदी बताउँछन । साँगितिक कार्यक्रम अघि बेलबारीमा रहेर बिभिन्न क्षेत्र मार्फत बेलबारीको पर्यटन लगायत बिकासमा योगदान गरेका ब्यत्तिहरुलाई सम्मान समेत गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..