बाँकेमा १५ जना मिटरब्याजी पीडितले गराएका उजुरी दर्ता


काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध पीडितहरुले उजुरी दिएका छन्। सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिए।‘उजुरी आएपछि यस विषयमा बोलाएर छलफल गरेका छौं’, उनले भने।

प्रशासन कार्यालयमा परेका उजुरी नेपालगंज उपमहानगरपालिकासहित कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिकालगायतका छन्। मिटरब्याजीले थोरै पैसा लगानी गरेर १० लाखदेखि रु २० लाख रुपैयाँसम्मको कागज गरेको उजुरीमा उल्लेख छ।

अधिकृत सोनकरका अनुसार मिटरब्याजीविरुद्ध उजुरी आउने क्रम जारी छ। उजुरीबारे गृह मन्त्रालयलाई पत्राचार गरिएको उनले बताए। कतिपय मिटरब्याजीविरुद्ध अदालतमा समेत मुद्दा चलिरहेको छ।

मिटरब्याजीले निरक्षर तथा आर्थिकरूपले कमजोर रहेकामाथि शोषण गरेकाले कयौँ परिवार बिचल्लीमा परेको भन्दै उजुरी लिनका लागि स्थानीय प्रशासनलाई गृह मन्त्रालयले निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..