डलर साटिदिने भन्दै लुटपाट, २ जना पक्राउ

काठमाडौं । अमेरिकी डलर साटिदिने भन्दै जंगलमा लगेर लाखौं रकम लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ थला डाँडाका ३२ वर्षीय समीर भनिने सञ्जय तामाङ र सोही ठाउँको सम्शेर डाँडाका ३१ वर्षीय विष्णु तामाङ छन्।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। बौद्ध, टोखा, साँखु, कपन लगायतका ठाउँहरुमा सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ साटिदिने भन्दै यो समूहले श्रंखलाबद्ध रुपमा ठगी गरेको पाइएको छ।


सोमबार दिउँसो १ बजे टोखाको युनिक कोलोनीबाट नेपाली रुपैयाँ १५ लाख बराबरको अमेरिकी डलर साट्ने भन्दै उनीहरुले ठगी गर्न लागेका थिए। बाहिर डलर राख्ने र भित्र भने ५, १०, २० का नेपाली नोट राखेर पोको पारेर उनीहरुले दिँदै ठगी गरेको खुलेको छ।यो समूहले आफूहरु वैध रुपमा डलरको कारोबार गर्ने व्यक्ति रहेको भन्दै विश्वासमा पार्ने, सस्तो दररेटमा साटिदिन्छौं भन्ने र एकान्त ठाउँमा खगेर लुटपाटसमेत गर्ने गरेको पाइएको छ।


सस्तोमा डलर साटिदिने भन्दै जंगलमा समेत पुर्‍याएर रकम लुटपाट गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। ठगी तथा लुटपाट गरिसकेपछि प्रयोग गर्दै आएका सीमकार्ड फाल्ने गरेको पाइएको छ।पीडित बताएको हुलियाका आधारमा उनीहरुलाई पक्राउ गरिएको छ।

हुलियाको आधारमा स्केच बनाएर अनुसन्धानमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरे पनि यो समूहका एक जना अझै फरार रहेका छन्। यो समूहले उपत्यकामा यस किसिमका पाँच वटा घटना गराइसकेको खुलेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..