नेपाल खेलकुद महासंघ निर्वाचन केन्द्रित गतिविधमा सक्रिय


काठमाण्डौ । नेपाल खेलकुद महासंघ निर्वाचन केन्द्रित गतिविधमा सक्रिय हुने भएको छ। महासंघको केन्द्रीय कार्यालय बानेश्वर आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमका निर्णयहरु सार्वजनिक गरिएको छ।


साउन २९ गते सम्पन्न भएको नेपाल खेलकुद महासंघको प्रथम विस्तारित बैठकले महासंघको दोश्रो रास्ट्रिय महाधिवेसन यहि फागुन ७,८ र ९ गते प्रदेस नं १ को विराटनगरमा हुने निर्णय गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख तथा प्रवक्ता तिर्थ बहादुर खड्काले जानकारी दिएका छन।


नेपाल खेलकुद महासंघको ४५ सदस्यीय स्थायी कमिटी ,९९ सदस्यीय सचिवालय र २१६ सदस्यीय केन्द्रीय कमिटी रहने निर्णय गरेको सो बैठकले अधिवेसन हुन् बाँकी रहेका जिल्लाहरुले भाद्र मसान्त भित्र अधिवेसन सम्पन्न गर्न निर्देशन दिएको प्रवक्ता खड्काले जानकारी दिएका छन।

महासंघको सो बैठकले सम्पूर्ण कमिटीहरुलाई निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय हुन् निर्देशन दिदै पार्टीको चुनावी घोषणा पत्रमा खेल नीति र कार्यक्रमका लागि सुझाव दिन ओमकृष्ण प्रसाईको संयोजकत्वमा चेतनराज गिरी,तिरण गौतम ,नन्दा बस्याल र शान्तामाया परियार सदस्य रहेको पाँच सदस्यीय सुझाव कमिटी समेत गठन गरेको छ।


महासंघका केन्द्रीय अध्यक्ष कृष्ण बस्नेत ( परशुराम ) ले राजनीतिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत गरेको उक्त बैठकले सात प्रदेस कमिटी र खेल संघहरुलाई वार्षिक एउटा प्रतियोगिता र गतिविधि संचालनको तयारी गर्ने निर्देशन समेत दिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..