पूर्व तथा वहालवाला प्रहरीवीच आपसी भाइचारा राख्न प्रहरी महानिरीक्षक सिंहको आग्रह

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले पूर्व तथा वहालवाला प्रहरी कर्मचारीहरूवीच आपसी भाइचारा र भातृत्वलाई अक्षुण राख्न आग्रह गरेका छन् ।

शनिबार प्रधान कार्यालय नक्सालमा आयोजित भिडियो कन्फ्रेन्समार्फत् आईजीपी सिंहले सौहार्द र सुमधुर सम्बन्ध कायम गर्न प्रहरी संगठन सदैव कटिवद्ध रहेको बताए ।

उनले पूर्व प्रहरी कर्मचारी तथा अग्रज प्रहरीहरूले आफ्नो जीवनकालको अत्यन्त उर्जाशील समय संगठनको विकासमा खर्चिएर पुर्‍याएको योगदानको उच्च सम्मान गर्नुपर्ने बताएका छन् ।

प्रहरीको संस्थागत विकास एवम् सेवा प्रवाहमा पूर्व प्रहरी कर्मचारीबाट सल्लाह, सुझाव एवम् रचनात्मक सहयोग सदैव प्राप्त हुने विश्वास उनले व्यक्त गरेका छन् ।

उनले पूर्व प्रहरी कर्मचारी तथा वहालवाला प्रहरी कर्मचारीहरूको आत्मसम्मान, सन्ततीहरूको शिक्षा र स्वास्थ्य क्षेत्र लगायतका कल्याणकारी कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएको बताएका छन् ।

पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानले धन्यवाद ज्ञापन गरेका छन् ।

नेपाल पूर्व प्रहरी संगठनका कार्यवाहक अध्यक्ष पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक रूपसागर मोक्तान र नेपाल पूर्व प्रहरी कर्मचारी परिषदका अध्यक्ष पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक रमेशकुमार श्रेष्ठले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

पूर्व प्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठले भर्चुअल रूपमा संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..