कम्बोडियामा मानव तस्करी : चिनियाँ कल सेन्टरमा चार सय नेपाली युवा

काठमाडौँ । कम्बोडियामा भिजिट भिसामा रोजगारीका लागि पछिल्लो आठ महिनामा चार सयभन्दा बढी नेपाली पुर्‍याइएका छन् । मानव तस्करी समूहले त्यसरी पुर्‍याइएकामध्ये अधिकांश त्यहाँ समस्यामा परेका छन् ।

केहीको हालै उद्धार गरिएको छ भने धेरैले उद्धारका लागि आग्रह गरेका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार गत १ जनवरीदेखि १७ अगस्टसम्म ६ सय ३१ जना नेपाली कम्बोडिया पुगेका छन् । त्यसमध्ये चार सय एकजना भिजिट भिसामा गएका हुन् ।


कतिपय सुरुमा मलेसिया तथा थाइल्यान्ड हुँदै त्यहाँबाट भिसा लिएर कम्बोडिया जाने गरेका छन् । यसरी पुगेकामध्ये थोरै मात्र फर्किएको अध्यागमन विभाग स्रोत बताउँछ । अध्यागमनको तथ्यांक तथा गैरआवासीय नेपाली संघ, कम्बोडियाका अधिकारीको विवरणअनुसार भिजिट भिसामा अहिले पनि करिब चार सयजना अझै त्यहाँ बसेका छन् ।

लालसिंह खड्का, अध्यक्ष, गैरआवासीय नेपाली संघ, कम्बोडिया धेरैजसो नेपाली चिनियाँले सञ्चालन गरेका कल सेन्टरमा आउने गरेका छन्, त्यहाँ श्रमशोषण हुने गरेको सुनिन्छ, केहीलाई हामीले उद्धारसमेत गरेर नेपाल फर्काएका छौँ, केहीको उद्धारका लागि यहाँको प्रहरीसँग कुरा गरिरहेका छौँ ।


गैरआवासीय नेपाली संघ, कम्बोडियाका अध्यक्ष लालसिंह खड्का पछिल्लो समय भिजिट भिसामा काम गर्न आउने नेपालीको संख्या बढेको र धेरैजना समस्यामा परेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..