फेसबुक एकाउन्ट ह्याक गर्दै ठगी गर्ने पक्राउ


काठमाडौं । सामाजिक सञ्जाल फसबुक एकाउन्ट ह्याक गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ प्रविधिहरू प्रयोग गरी हुने गरेका अपराध रोक्ने सुनसरी प्रहरीको विषेश अभियान अर्न्तगत फेसबुक एकाउन्ट ह्याक गरी नक्कली ‘इसेवा आइडी’ प्रयोग गरी सर्बसाधारणहरुलाई ठगी गर्ने गरेको ३ जना व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


१ भाद्र २०७९ ठेगाना भद्रपुर नगरपालिका ६ बस्ने बर्ष १९ को आषिस बिष्ट र सोही ठेगानका बर्ष १८ को प्रविण राजवंशी र बर्ष १८ को भवेश राजवंशीलाई लुकिछिपि बसिरहेको अवस्थामा भद्रपुरबाट पक्राउ गरी सुनसरीमा ल्याएर मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजकुमार राईले जानकारी दिए ।

प्रवक्ता डिएसपी राईका अनुसार उनीहरुले ईटहरी उप-महानगरपालिका वडा नं २ बस्ने डिल्ली बहादुर राउतको फेसबुक एकाउन्ट ह्याक गरी गत साउन १२ गते म्यासेन्जर मार्फत आफ्ना साथीहरूलाई आफू समस्यामा परेको भन्ने नक्कली म्यासेज पठाई ‘इसेवा आइडी’मा रकम पठाउन लगाएर ठगी गरेका हुन् ।


उनीहरुले २५ वटा भन्दा बढी फेसबुक ह्याक गरी दुई लाख भन्दा बढी रकम ठगी गरेको थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..