सुपारी प्रहरी नियन्त्रणमा

काठमाडौँ । प्रहरीले झापाका विभिन्न स्थानबाट अवैध भन्सार छलिका सुपारी र कपडा नियन्त्रणमा लिएको छ । आज मेचीनगर नगरपालिका, ६ पिङकिठ्याकमा नेपालबाट भारत तर्फ अवैध रुपमा लिदै गरेको सुपारी प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले पिङकिठ्याकबाट भारत तर्फ लिदै गरेको ८५ हजार मुल्य बराबरको एक सय ४० केजी सुपारी नियन्त्रणमा लिएको जानकारी दिए । आजै सोही जिल्लाको भद्रपुर नगरपालिका, ६ भानुचोकमा भारतबाट अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको कपडा बरामद गरिएको छ ।

उक्त कपडाको एक लाख मुल्य पर्ने प्रहरीले अनुमान गरेको छ । बरामद सुपारी र कपडा आवश्यक अनुसन्धानको लागि भन्सार कार्यालय बुझाइएको प्रवक्ता पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..