एफबीआईले मेरो पासपोर्ट चोर्‍यो : ट्रम्प

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडेरल ब्यूरो अफ इन्भेष्टिगेसन (एफबीआई) का एजेन्टहरूले अगस्त ८ मा छापा मार्दा आफ्नो राहदानी चोरेको आरोप लगाएका छन् ।

‘एफबीआईको छापामा तिनीहरूले मेरा तीन वटा राहदानी (एउटा म्याद सकिएको) चोरेका थिए’ ट्रम्पले आफ्नो सोशल मिडिया प्लेटफर्ममा भनेका छन् । रिपब्लिकन नेताले थपे, ‘यो हाम्रो देशमा पहिले कहिल्यै नदेखेको स्तरमा राजनीतिक प्रतिद्वन्द्वीमाथिको आक्रमण हो । तेस्रो विश्व !’


तर, ट्रम्पले आफ्नो कुन राहदानी एफबीआईले खोसेको भन्ने स्पष्ट पारेका छैनन् । संयुक्त राज्य अमेरिकामा नियमित नागरिकहरूलाई निलो राहदानी जारी गरिन्छ भने सरकारी सरकारी यात्राका लागि रातो ‘कूटनीतिक’ राहदानी जारी गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..