काठमाडौं । सत्तारुढ गठबन्धनमा नजोडिएका साना दलका नेताहरू आसन्न निर्वाचनमा गठबन्धनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट धाउन थालेका छन् ।

अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली एक वर्षअघि सत्ताबाट बाहिरिएर बालुवाटारबाट बालकोट सरेलगत्तै यहाँ बाक्लै चहलपहल हुने गरेको थियो । माहोल बीचमा केही सेलाएर हाले सम्पन्न स्थानीय निर्वाचनताका पनि फेरि तातेको थियो ।


त्यो माहोल निकट विगतमा फेरि केही पातलिएकोमा आगामी मंसिर ४ गतेको निर्वाचन घोषणापछि फेरि चहलपहल र भेटघाट बद्दन थालेको छ । हिजोआज ओली निवास बाहिरसमेत उहाँलाई भेट्न आउनेहरूको निजी र सरकारी गाडीको लाम लाग्ने गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

आईजिपी सिंहबाट बडा दसैं मौलो पूजा सम्पन्न

आईजिपी सिंहबाट बडा दसैं मौलो पूजा सम्पन्न

काठमाडौं । प्रहरी महानिरीक्षक ( आईजिपी ) धिरज प्रताप सिंहले बडा दसैंका अवसरमा मंगलबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना..