ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाण्डौं । काठमाण्डौं जिल्ला चन्द्रगिरी न.पा. वडा न. ७ थानकोट चेकपोष्टस्थित एन. सि. सि. बैंक नजिक राजु खाजा घर सञ्‍चालन गरी बसेका राजु के.सी. लाई २०७९साउन २४ गते दिउँसोको समयमा केही अपरिचित ब्यक्तिहरु आई निजलाई आक्रमण गरी टाउकोलगायतका शरीरका अन्य विभिन्न अङ्गमा चोट पुर्‍याई घाइते बनाई फरार भएका थिए ।


घटना थाहा पाउने बित्तिकै तत्कालै प्रहरी बृत्त थानकोटबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली खटिई बेहोस अबस्थामा रहेको निज घाइतेलाई घटनास्थलबा उद्धार गरी उपचारको लागि अस्पतालमा लगिएको थियाे । साे घटनाका सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाण्डौं, काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी बृत्त थानकोटबाट संयुक्तरुपमा अनुसन्धान अधिकृत, अधिकृतसमेत परिचालन गराई प्रहरीले अनुसन्धान शुरु गरेकाे थियाे ।


प्रहरीले अनुसन्धानका बिविध बिधि र प्रविधिसमेतको प्रयोगबाट घटनाको बारेमा सूक्ष्मरुपमा अनुसन्धान गर्दा २०७९ साउन २४ गतेका दिन प्रदेश ३-०२-००५ प ३६४० नं. को कालो रातो रङको २२० सि.सि.को मोटरसाइकलमा सवार भई कलंकीतिरबाट थानकोटमा आएका दुईजना ब्यक्तिहरुले राजु खाजा घरभित्र प्रवेश गरी राजु के.सी. एक्लै भएको मौका पारी मोटरसाकलको पुरानो सकरले (पाइपले) टाउको र गोडाको बिभिन्न भागमा ज्यान मार्ने उद्देश्यले प्रहार गरी शक्त घाइते बनाई फरार रहेको भन्ने प्रहरी अनुसन्धानबाट खुल्न आएको थियाे ।


घटनामा संलग्न भई फरार रहेका निजद्वयको पहिचान तथा खोज तलास गर्ने क्रममा चारदिनपछि नै २०७९ साउन २८ गते १२:०० बजेको समयमा सागर प्रकाश श्रेष्ठ नागर्जुन न.पा. वडा नं. २ स्थित सानो भर्‍याङ र आकाश भन्ने प्रमोद बोगटी नागर्जुन न.पा. वडा नं. ४ बाफलबाट प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।

प्रहरीले बताए अनुसार, घाइते राजु के.सी.ले सञ्‍चालन गरेको खाजा पसलमा प्रतिवादीहरु बारदातको मिति भन्दा ७, ८ दिन पहिला खाजा खान जाँदा निज घाइतेसँग विवाद भएको र सोही विवादलाई रिसिईवी बनाई राजु के.सी.लाई ज्यान मार्ने योजना बनाएको अनुसन्धानबाट खुल्न आएको छ ।


ऊक्त घटनाका सम्बन्धमा प्रकरणमा बरामद दशीका सामानसहित दुबै जना उपर मुलुकी अपराध संहिता ऐन, २०७४ को ज्यान मार्ने उद्योग कसुरमा काठमाण्डौं जिल्ला अदालतबाट दिन-५ को म्याद थप अनुमति लिई प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..