युनिक एकेडेमी स्काउट ट्रुप,रत्ननगरको आयोजनामा ट्राफिक सचेतना कार्यक्रम

चितवन । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि चितवन ट्राफिकले ट्राफिक सचेतना कार्यक्रमलाई तिव्रता दिएको छ। यसै बिच आज(बुधबार)रत्ननगर स्थित न्यु क्यापिटल कलेज द्वारा संचालित युनिक एकेडेमिमा ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत “बिद्यार्थी सँग ट्राफिक कार्यक्रम” गरिएको छ ।


युनिक एकेडेमी स्काउट ट्रुप द्वारा आयोजित उक्त कार्यक्रममा ट्राफिक नियम, सम्भाबित सवारी दुर्घटना न्यूनीकरण, दुर्घटनाबाट बच्न विद्यार्थीहरुले अपनाउनु पर्ने साबधानी र लागू औषधले विद्यार्थीमा पर्ने असरको बारेमा विद्यार्थीहरुलाई जानकारी गराईएको थियो ।


न्यु क्यापिटल कलेज र युनिक एकेडेमिको समन्वय साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय,चितवन र ईलाका प्रहरी कार्यालय टाँडीको प्राविधिक सहयोगमा भएको सचेतना कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय टाँडीका नायब प्रहरी निरीक्षक कृष्ण ज्यु ठकुरीले विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।


बिद्यालयका निर्देशक एवं न्यु क्यापिटल कलेजका प्रमुख भुपेन्द्र धितालले कार्यक्रमको महत्त्व माथी प्रकाश पार्नु भएको थियो ।सो कार्यक्रममा विद्यालयमा अध्ययनरत स्काउट सहित कक्षा ६ देखि ११ सम्मका २ सय ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियोे ।सो अबसरमा स्काउट र ट्राफिक प्रहरी बिच ट्राफिक नियमको पालना र विद्यार्थीको भूमिका बिच अन्तर्कृया समेत भएको थियो।

बिधालयका प्राचार्य निम भुजेलले सबै तहमा रहेका विद्यार्थीलाई ट्राफिक सचेतना गराउन सके हरेक घरमा सकारात्मक सन्देश पुग्नेमा जोड दिंदैं ट्राफिक नियमको बारेमा आफू र परिवारलाई नै जानकारी गराउन सके दुर्घटनामा धेरै भन्दा धेरै कमि आउने बताउनु भयो । त्यस्तै,अभिभावकको तर्फ बाट भीष्म कुमार श्रेष्ठले पैदलयात्रीको हेल्चेक्र्याईको कारण सवारी दुर्घटना हुने गरेको बताए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले बिगत देखि नै जिल्लाका विभिन्न स्कुल तथा कलेजहरुमा ट्राफिक नियम, सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि स्कुल, कलेज प्रशिक्षण कार्यक्रम गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख धर्मबहादुर अधिकारीले जानकारी दिनुभयो ।


अधिकारीले बिधालय तथा कलेजमा गरिने यस्ता कार्यक्रमले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतनामा महत्त्वपुर्ण योगदान पुग्ने बताउनु भयो ।


ट्राफिक प्रहरीले हरेक हप्ता स्कुल बस एम्बुलेन्स लगायत विभिन्न सार्वजनिक सवारी साधनका ड्राइभर, स्कुल, कलेज, संघसंस्थामा पनि यस्ता कार्यक्रम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..