आगामी निर्वाचनको सुरक्षाका लागि सबै किसिमको तयारी सुरु भइसक्यो : प्रहरी महानिरीक्षक सिंह

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले आगामी निर्वाचनको सुरक्षाका लागि सबै प्रकारको तयारी सुरु गरिसकेको जानकारी दिएका छन् ।

बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सिंहले मंसिर चार गते हुने संघ र प्रदेशको निर्वाचनका लागि आवश्यक स्रोत साधनका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाइसकिएको र अन्य तयारी समेत सुरु भइसकेको जानकारी दिएका हुन् ।

उनले निर्वाचनमा ४० दिनको लागि म्यादी भर्ना गर्ने तयारी भइरकेको र यसपटक म्यादी प्रहरीको संख्या बढ्ने बताए । यसअघिको भएका स्थानीय तह निर्वाचनमा प्रहरीले आफ्नो व्यवसायीता देखाएको र शान्तिपूर्ण तथा विश्वश्निय तवरले निर्वाचन सम्पनन भएको उनको भनाई छ ।

उनले आफ्नो कार्यकालमा विगतको महानिरिक्षकका कामहरुलाई निरन्तरता दिदै आएको र संगठनको लक्ष्य अनुसार काम अघि बढाएको धारणा राखे । महानिरीक्षक सिंहले प्रहरीको बढुवा न्यायसंगत नै भएको दाबी गरे ।

पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सिंह नेतृत्वका आएपछि भएका र भावी योजनाहरुका बारेमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..