आगामी निर्वाचनमा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई विशेष प्राथमिकता : आईजीपी सिंह

काठमाडौं । आगामी संघ र प्रदेश सदस्यको निर्वाचनका लागि म्यादी प्रहरी भर्नामा पूर्व म्यादी प्रहरी र पूर्व सुरक्षाकर्मीहरुले विशेष प्राथमिकता पाउने भएका छन् । बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले यस्तो बताएका हुन् ।

उनले हालमा म्यादी प्रहरीको संख्या निक्र्यौल नभइसकेको तर गृह मन्त्रालयमा खर्च र कति सुरक्षाकर्मी खटाउने भन्ने बारेमा छलफलका लागि सूची पठाइसकेको बताए । उनले म्यादी प्रहरीलाई ४० दिनका लागि भर्ना गर्ने र गत स्थानीय निर्वाचनमा दिएको सेवा सुविधा नै प्रदान गर्ने बताए ।

महानिरीक्षक सिंहले यसबारेमा प्रारम्भिक चरणमा छलफल र तयारी चलिरहेको बताए । उनले निर्वाचनका लागि आवश्यक सुरक्षा परिचालन दिनेकुरा सम्बन्धित मन्त्रालयबाट प्राप्त भइसकेको बताए ।

उनले भने, ‘म्यादी प्रहरीको संख्या निक्र्यौल भइसकेको छैन । तर स्थानीय निर्वाचनको भन्दा धेरै हुनेछ । यो संख्या हामीले रिभ्यू गर्दैछौँ । आवश्यक संख्यामा प्राप्त हुनेछ भन्ने आश्वासन आएको छ । ४० दिनको लागि भर्ना गरिनेछ । स्थानीय निर्वाचनमा भर्ना भएका म्यादी प्रहरी र पूर्व सुरक्षाकर्मीलाई विशेष प्राथमिकता दिइनेछ । त्यो भन्दा बाहेकका लागि केही छनोट प्रविधि हुनेछ ।’

उनले थपे, ‘यसमा लाग्ने आवश्यक खर्च, तिनीहरुलाई गत स्थानीय निर्वाचनमा पाए सरहको सुविधा हुनेछ । यो प्रारम्भिक छलफलको चरणमा छ । हामी मंसिर ४ को निर्वाचनको तयारीमा छौँ । प्रारम्भिक चरणमा गरिने कामको तयारीमा छौँ । म्यादी प्रहरी, नेपाल प्रहरीहरु खटाउँदा लाग्ने खर्चको बारेमा गृह मन्त्रालयमा पठाइसकेका छौँ ।’

उनले नेपाल प्रहरी निर्वाचनको तयारीका साथै अपराध अनुसन्धान र नियन्त्रणमा पनि गम्भीर बनिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..