जापान भ्रमण फलदायी : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जापान भ्रमण फलदायी भएको बताएका छन् । जापान भ्रमणबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले जापान भ्रमण फलदायी भएको बताएका हुन् ।

अध्यक्ष दाहालले जापानमा रहेका नेपाली तथा त्यहाँका विदेश विभागका अधिकारीहरूसँग आफ्नो समानान्तर रूपमा कुराकानी भएको बताए । साथै उनले जापानमा भएका नेपालीहरू आफ्नो भ्रमणबाट धेरै खुशी भएका पनि बताएका छन् ।


अध्यक्ष दाहालले जापानको संसद् भवनको भ्रमण गरेको प्रचण्डले उल्लेख गर्दै त्यहाँ आफूलाई एक जना सांसदले स्वागत गरेको बताए । उनले भनेका छन्, ‘उहाँले मलाई त्यहाँको संसदीय प्रक्रियाबारे ब्रिफिङ गर्नुभयो । उहाँ जापानका चल्तापुर्जा सांसद हुनुहुँदो रहेछ ।

चाँडै मन्त्री पनि बन्ने सम्भावना छ भनेर उहाँले नै भन्नुभयो ।’त्यस्तै उनले आफूले जापानको लिबरल डेमोक्रेटिक पार्टीका पूर्व महासचिवसँग पनि भेटेको प्रचण्डले बताए । जापानी अधिकारीहरूसँगको भेटमा आफूले फोहोर व्यवस्थापनमा सहयोग मागेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..