सुनको सिक्री लुटेको आरोपमा युवक पक्राउ


काठमाडौं । प्रहरीले सुनको सिक्री लुटेको आरोपमा एक युवकलाई टोखाबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-११ घर भई हाल काठमाडौ महानगरपालिका-१६ बस्‍ने २६ वर्षीय ज्ञानेन्द्र सेन्चुरी रहेका छन् ।


गत सोमबार दिउँसो सवा २ बजे टोखा नगरपालिका ८ भुवनेश्वरी मन्दिर नजिक पैदल हिडिरहेकी ६१ वर्षीया महिलाको गलामा लगाएको सुनको सिक्री तानेर भाग्दै गरेको अवस्थामा प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले सेन्चुरीलाई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले सुनको सिक्री १ थान, दुई टुक्रा भएको सुनको सिक्री १ बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..