अहिलेको सरकार ‘अलच्छिन’ सरकार : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको वर्तमान सरकार ‘अलच्छिन’ सरकार भएको टिप्पणी गरेका छन् ।

आइतबार एमालेनिकट भूपुसैनिक तथा प्रहरी संगठनको कार्यक्रममा परमादेशबाट आएको सरकारले जे छोयो त्यहिँ खरानी भइरहेको बताउदै अध्यक्ष ओलीले वर्तमान सरकार अलच्छिन सरकार भएको बताए ।अध्यक्ष ओलीले भने, ‘अलच्छिन सरकार । देशको लच्छिनै गयो । अलच्छिनै पस्यो देशमा । हिजो जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो, आज जहाँ छोयो खरानी ।’


आगामी यहिँ सरकारले देश चलाउन पाए देश कस्तो हुन्छ भन्दै उनले प्रश्न पनि गरे । देशलाई बर्बाद हुनबाट बचाउनका लागि एमालेले जनतालाई सही कुरा सम्झाउनुपर्ने पनि उनले बताए ।


यस्तै, अध्यक्ष ओलीले वर्तमान सरकारकै हातमा आगामी दिनमा देश पुग्यो भने केही घराना र आफन्त सप्रिने र बाँकी जनताको अवस्था उस्तै हुने पनि ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..