काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत उपसचिव प्रमोद नेपाल साढे २२ लाख घुससहित पक्राउ परेका छन् ।त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा स्वर्णपदक पाएका उनले बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसर समेत पाएका थिए । छात्रवृत्तिमा अध्ययन गरेर फर्किएको आठ महिना पुग्दा नपुग्दै घुससहित रंगेहात पक्राउ परे ।
नक्सालबाट ६ लाख घुससहित रंगे हात पक्राउ परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको गाडीबाट थप साढे १६ लाख रुपैयाँ भेटिएको छ । पर्यटन व्यवसायीसँग घुस मागेको संकेत पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गुप्तचरी टोलीले मंगलबार विहानैदेखि उपसचिव नेपालको निगरानी गरेको थियो । नेपालले नागपोखरीस्थित होटल अरण्यमा घुस लिएको सुनिश्चित भएपछि टोलीले पक्राउ गर्यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव नेपाल ६ लाख रुपैंया सहित पक्राउ परे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले रंगे हात पक्राउ गरेपछि खानतलासीका क्रममा उपसचिव नेपालको गाडीबाट थप साढे १६ लाख रुपैयाँ फेला परेकाे हो ।उपसचिव नेपालको साथबाट अख्तियारले कू साढे २२ लाख रुपैयाँ रकम बरामद गरेको छ । ‘प्याराग्लाइडिङको उडान अनुमतिका लागि उहाँले घुस मागेको र त्यो रकम लिएको भन्ने सूचनाका आधारमा आयोगको टोलीले उहाँलाई पक्राउ गरेको हो,’ अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले भने, ‘नियन्त्रणमा लिएर खानतलासी गर्दा उहाँको साथबाट ६ लाख बरामद भएको हो ।
अरु साढे १६ लाख रुपैंया गाडीमा भेटियो ।’पर्यटकीय स्थलमा प्याराग्लाइडिङको अनुमति दिने काम नेपाल नागरिक उड्डयन प्राधिकरणको हो । प्याराग्लाइडिङ सञ्चालन गर्ने व्यवसायीहरुले प्राधिकरणबाटै अनुमति लिनुपर्छ । तर त्यसका लागि मन्त्रालयको सैद्धान्तिक सहमति समेत चाहिन्छ । पर्यटन मन्त्रालयमा नागरिक उड्डयन महाशाखा छ । उक्त महाशाखा अन्तर्गत हवाई उद्योग तथा अन्तराष्ट्रिय सम्बन्ध शाखा र हवाई सुरक्षा तथा दुर्घटना जाँच शाखा छन् । उनी वाई उद्योग तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका प्रमुख हुन् ।
एउटा शाखाको जिम्मेवारी भएपनि उनले नागरिक उड्डयन हेर्ने महाशाखामा हावी रहेको मन्त्रालयका एक उपसचिवले बताए । उनकै निर्णयका आधारमा ‘उडान योग्यता अनुमतिपत्र’ जारी हुनुपर्ने थियो । त्यही सहमति लिने क्रममा उपसचिव नेपालले व्यवसायीसँग घुस रकम मागेका थिए । पाल्पाका नेपालले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा स्वर्णपदक पाएका थिए ।
सरकारी सेवामा प्रवेश गरेपछि उनले नागरिक उड्ययन प्राधिकरणमा काम गरेका थिए । एयर ट्राफिक कन्ट्रोलर-एटीसी) पनि भएका थिए ।बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसर पनि पाए । छात्रवृत्तिमा अध्ययन सकेर आठ महिनाअघि मात्रै नेपाल फर्किएका उनी मन्त्रालयमा काम गर्न थालेका थिए ।
आन्तरिक राजस्व कार्यालय लाजिम्पाटमा कार्यरत एक कर्मचारी घुससहित पक्राउ परेकी छिन् । आन्तरिक राजस्व कार्यालय लाजिम्पाटकी कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान ३० हजार घुस रकमसहित पक्राउ परेकी हुन्। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले श्रेष्ठलाई कार्यालय परिसर लाजिम्पाटबाटै रंगेहात पक्राउ गरेको हो ।
कम्प्युटर बिलिङको सफ्टवयर स्वीकृतिको लागि सेवाग्राहीसँग ३० हजार घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले विन्दु श्रेष्ठ प्रधानलाई रंगेहात पक्राउ गरेको हो ।


