४ बर्षदेखि यातायात कार्यालयमा शाहको रजाइँ ,” पैसाको भरमा धमाधम लाईसेन्स दिदै ” अख्तियार बेखबर

पर्सा । यातायात कार्यालय वीरगंजमा पैसाको भरमा लाईसेन्स बनाउदै गरेको रहस्य खुलेको छ ।सवारी चालक पत्र बनाउनको लागि आएका सेवाग्राहि सित बिचौलीयाहरु मार्फत मोटो रकम लिएर लाईसेन्स दिदै आएका छन्।

यातायात कार्यालयको प्रमुख शुशिल साहले कार्यालय भित्र करारका कर्मचारी र बिचौलियाहरु प्रयोग गरि अवैध रुपले भित्रवाट फर्म भरि नयाँ लाईसेन्स दिने गरेको खुलिको छ।
प्रमुख शाहले भित्रवाट फर्म भरेका व्यक्ति लिखित परीक्षा र ट्रायल परीक्षा फेल भएपनि पास गराउने गरेको स्रोतले जनाएका छन्।

सरकारले कागजातले दर्ता भईरहेको फर्ममा भ्रष्टचारी भइरहेको पाएपछि सो प्रवधानलाई हटाई भ्रष्टचारीलाई रोकनको लागि अनलाईन फर्म भर्न नियम लागु गरेको हो।अनलाईन फर्म भरेका व्यक्तिहरुलाई ६ महिना १ साल सम्म सम्पर्क मितीको लागि कोर्ने परेको छ ।

यातायात कार्यालयपर्साका प्रमुख सुशील साहले परिचालन गरेका बिचौल्लीयाहरुले सेवाग्राहीले छिटोभन्दा छिटो लाईसेन्स दिलाईदिन्छु भनि हजारौ रकम लिएर अफलाईन फर्म भरि लाईसेन्स दिने गरेको स्रोतको दाबी छ।

त्यसै गरि यातायात भईरहेको भष्ट्रचारी रोक्नको लागि ट्रायल सेन्टरको ग्राउणडमा सिसि क्यामेरामा जडान गरे पनि कर्मचारीहरुले भिडियो इडिट गरि भिडियो हटाई लाईसेन्स दिने गरेको छ। यातायात कार्यालय प्रमुख भई अाएपछि वीरगंजमा अनलाईन फर्म भर्नको लागि सानो सवारीहरु सित ५००० हजार र ठुलो सवारी साधनहरुको लागि १० हाजर लिने गरेको एक सेवाग्राहीले बताएका छन्।


यसरीनै मोटरसाइकलको लाईसेन्सको लागि १५ हजार र ठुलो चार चक्का सवारीहरुको २५ हजार र हेबी गाडीको लाईसेन्सको लागि ५० हजार ७५ हजार लिएर फेल भएका हरुलाई पैसा लिएर लिखित र ट्रायलमा फेल हुनेहरुको पास गराउने गरेको स्रोतले दाबि गरेका छन्।

केही दिन कोरोनाको कारण चालक अनुमति पत्र बन्द रहेको कारण अहिले नया चालक अनुमति पत्रको अावदेन फर्म खुलेपछि यातायातका साहले बिचौलिया संग मिलेर फेल भएकाहरुलाई मोटो रकम लिएर पास गराउने जिम्मा लिएका छन्।

यातायात कार्यालय वीरगंज प्रमुख साहको विश्वासपात्रको रुपमा करारमा रहेका पिउन शम्भु गुरुङलाई मन्त्रालय देखि लिएर पत्रकार ,पुलिस सम्म मिलाउन जिम्मा दिएका छन्।
।विश्वासपात्र रहेका गुरुङ विगत १० बर्षदेखि ठुलो हाकिमहरुको अाशिर्वादले वीरगंजमा बस्दै अाएका छन्। गुरुङ चितवन जिल्ला निवासी भएको हुनाले हटौडा र चितवनमा बिचौलियाहरु परिचालन गरि प्रति लाईसेन्सको १० हजार देखि लाखौं रुपैया सम्म लिई लाईसेन्स दिलाउने गर्छन।गुरुङले हाकिमहरुको श्रिमती भन्दा पनि बढि सेवा दिदै अाएका छन्।

एक कर्मचारीको अनुसार यातायात कार्यालय प्रमुह साह पछि कार्यालय भित्र गुरुङको अादेशनै चल्दै अाएको बताएका छन्।त्यसैगरि हाकिम साह भएपनि गुरुङको ईसारामा नै कुनै किसिमको काम हुने गरेको बताएका छन्।

नारायणीमा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन गरी ५ जिल्लाका सेवाग्राही आउँछन्। भद्रगोल व्यवस्थापनले सेवाग्राहीलाई निकै सास्ती खेप्नु परेको चितवमका दिपक गौतमले बताउँछन्। सबै काममा कर्मचारी पैसाको कुरा गर्ने उनी दावी गर्छन्।

यातायात कार्यालयका प्रमुख शाह मधेस प्रदेशका एक ठुलो नेताको अाशिर्वादले विगत ४ बर्षदेखि वीरगंज कार्यालयका प्रमुख भई बस्दै अाएका छन्। सरकारले नयाँ वा पुरानो लाईसेन्स बनाउनको लागि अनलाईनवाट दर्त गर्नु पर्ने प्रबधान लागु गरेपनि प्रमुख शाहले अार्थिक प्रलोभनमा परि सरकारको नियमलाई अटेरी गरि भित्रवाट अनलाईन फर्म भरि २ अथवा ४दिन भित्रमा लिखित र ट्रायल परिक्षा गराई फेल भएपनि सिसिक्यमराका भिडियोहरु हटाई पास गराउन गरेको नाम नछाप्रने सर्तमा एक अधिकृतले बताएका छन्।

नारायणी यातायता कार्यालय पहिले पनि बदनाम छ। दृष्टिबिहीनलाई नै लाइसेन्स वितरण गरेको रेकर्ड यसअघि नै फेला परिसकेको छ। घुस लिँदालिँदै कर्मचारी पक्राउ पर्नु नारायणी यातायात कार्यालयमा सामान्य घटना जस्तै छन्।
यातायात कार्यालयमा यस्ता गतिविधि भईरहेको हुदा पनि समबन्धित निकाय तथा अख्तियारको ध्यान जान यति आवशयक देखिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरी तालिम केन्द्रहरूले व्यावसायिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने : प्रहरी महानिरीक्षक सिंह

प्रहरी तालिम केन्द्रहरूले व्यावसायिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने : प्रहरी महानिरीक्षक सिंह

धनुषा । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीको तालिम प्रदायक संस्थाहरूले कुशल एवं व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ ।  मधेश प्रदेश..