अमेरिकाको सरकारी विद्यालयको पाठ्यपुस्तकमा डा. विष्णुमाया परियारको जीवनी

काठमाडौं । नेपालमा जन्मिएकी अधिकारकर्मी डा. विष्णुमाया परियारको जीवनी अब अमेरिकी सरकारी विद्यालयमा पनि पढाइ हुने भएको छ ।

अमेरिकाको मासाचुसेट्स राज्यको सरकारी विद्यालयहरूको लागि कक्षा ७ को पाठ्यक्रममा नेपाली सामाजिक अभियन्तासमेत रहेकी परियारको जीवनी समावेश गरिएको हो ।

विश्वको इतिहास र भूगोल विषयको ‘छुवाछूत र दिगो विकास लक्ष्य’ शीर्षकको १२ पाठमा डा. परियारको वृत्तचित्र ‘अनटचेबल’ समावेश गरिएको अमेरिकास्थित पत्रकार प्रदीप परियारले जानकारी दिएका छन् ।


सो पाठमा नेपालको जातीय विभेद र सामाजिक असमानताका बिषय समेटिएको छ । परियारको जीवानीबाट नेपालमा जातिय छुवाछुतबाट सिर्जित सामाजिक असामानतालाई सम्बोधन गर्न दलित अभियन्ता डा. परियारको संलग्नता रहेको बारे विद्यार्थीहरुले पढ्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरी तालिम केन्द्रहरूले व्यावसायिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने : प्रहरी महानिरीक्षक सिंह

प्रहरी तालिम केन्द्रहरूले व्यावसायिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने : प्रहरी महानिरीक्षक सिंह

धनुषा । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीको तालिम प्रदायक संस्थाहरूले कुशल एवं व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ ।  मधेश प्रदेश..