मन्त्रिपरिषद बैठक बस्दै, संघ र प्रदेशको निर्वाचन मिति तोक्ने तयारी

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज पनि बस्दैछ । आजको बैठकबाट संघीय र प्रदेशसभा निर्वाचनको मिति तोक्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा संघ र प्रदेशको निर्वाचन मिति तोक्न दलहरु सहमत भइसकेको छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते निर्वाचन गर्न दलहरुलाई प्रस्तव गरेका थिए । यद्यपि सत्ता गठबन्धनको दलहरुले आआफ्नो पार्टीभित्र आन्तरिक छलफल गर्ने बताएका थिए ।

आजको मन्त्रिपरिषद बैठक बस्नुअघि सत्ता गबन्धनको बैठक पनि बस्ने तयारी भइरहेको छ । निर्वाचन आयोगले पनि यसअघि नै आउँदो ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको एक महिना हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..