दाङ । प्रहरी प्रधान कार्यालय मानवश्रोत एंव प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौंको विभिन्न २०७९ साउन १५ गतेको प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा, प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका प्रहरी कर्मचारीहरुलाई दर्जानी चिन्ह प्रदान गरिएकाे छ ।
दर्जानी चिन्ह सु-शोभन कार्यक्रम २०७९ समउन १७ गतेको विशेष कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले दर्ज्यानी चिन्ह सुशोभन गरेका हुन् ।
प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले बढुवा भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पदोन्नतिसंगै प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाका साथ निर्वाह गर्न समेत निर्देशन दिएका थिए ।


