ट्रक किनेर पैसा तिर्न नपरोस् भनी साथीकै हत्या, अभियुक्त पक्राउ

रुपन्देही । ट्रक किनेकाे पैसा तिर्न नपराेस् भनी कालिज मार्ने बहाना बनाएर जंगलमा लगी साथीको हत्या गरिएको छ । काराेबारकाे पैसालाई लिएर उक्त हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

हत्या आरोपमा प्रहरीले अभियुक्त एक जनालाई पक्राउ गरेको छ ।हत्या आरोपी अर्घाखाँचीको पाणिनी गाउँपालिका– २ घर भई हाल रुपन्देहीको सैनामैना नगरपालिका– ६ कलौनीमा बस्दै आएका ४३ वर्षीय दीपक भनिने कुलचन्द्र गौतम रहेका छन् । प्रहरीले उनलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।


उनले आफ्नै साथी ४४ वर्षीय विष्णुबहादुर पाण्डेको हत्या गरेको आरोप लागेको छ । पाण्डे अर्घाखाँचीको मालारानी गाउँपालिका– २ घर भई पछिल्लो समय रुपन्देहीको बुटवल उपमहानगरपालिका– १३ बस्दै आएका थिए ।


प्रारम्भिक अनुसन्धानबाट पाण्डे आफ्ना साथी गौतमसँग ट्रक पास गर्न भन्दै घरबाट निस्केका थिए । तर उनी त्यही दिनदेखि सम्पर्कबिहीन भएपछि आफन्तले खोजी गरिदिन अनुरोधसहित साउन ११ गते प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले उनको शव यही साउन १४ गते अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ स्थित सिद्ध सामुदायिक जंगलमा फेला पारेको छ ।


लु १ ख ७७९१ नम्बरको ट्रक कारोबारमा पैसा लेनदेनसम्बन्धी विवादबाट उक्त घटना भएको पाइएको छ । गौतमले पाण्डेको नाममा रहेको सो ट्रक १६ लाखमा आफूले किनेको तर पैसा नदिएको अनुसन्धानका क्रममा खुलेको छ ।

ट्रक नामसारी गर्नेबित्तिकै पैसा बुझाउने सहमति भए पनि पैसा बुझाउन नपरोस भनेर ट्रक साहु समेत रहेका साथीकै हत्या गरिएको खुल्न आएको हो । हत्या गर्नकै लागि कालिज मार्ने बहाना बनाई साथीलाई जंगलमा लगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..