बैंकिङ कसुरको आरोपमा अधिवक्ता पौडेल पक्राउ


काठमाडौं । बैंकिङ कसुरको आरोपमा अधिवक्ता चुडामणि पौडेल पक्राउ परेका छन् । चितवन स्थायी घर भई हाल काठमाडौंको मैतिदेवी बस्दै आएका अधिवक्ता पौडेललाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।


पौडेलले प्रभु बैंकको बबरमहल शाखा कार्यालयमा रहेको आफ्नो खातामा मौज्दात रकम नभएको जान्दाजान्दै कोटेश्वरका विष्णु गिरीलाई १५ लाख रुपैयाँको चेक दिएको आरोप लागेको छ ।

‘चेक बाउन्स’ भएपछि गिरीले महानगरीय प्रहरी परिसर काठमाडौंमा दिएको उजुरीको आधारमा अधिवक्ता पौडेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।महानगरीय प्रहरी परिसरले चुडामणि पौडेल नाम गरेको मान्छे झिकाइदिनू भन्ने आदेश गरेपछि मैतीदेवीबाट उनलाई पक्राउ गरिएको प्रहरी वृत्त मालीगाउँले जनाएको छ ।


प्रहरी वृत्त मालिगाउँका प्रहरी सहायक निरीक्षक राजेन्द्र कुमालले पक्राउ परेका अधिवक्ता पौडेललाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा बुझाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..