सशस्त्र प्रहरीमा ६८ जना प्राविधिकका लागि भर्ना खुल्यो

काठमाडौं। सशस्त्र प्रहरी बलमा ६८ जना प्राविधिकका लागि जागिर खुलेको छ।सशस्त्र प्रहरी बल प्रधान कार्यालय, मानवस्रोत विभागले शुक्रबार सूचना प्रकाशित गर्दै २२ जना प्रहरी निरीक्षक दर्जामा चिकित्सक र ४६ जना नायब निरीक्षक दर्जामा स्टाफ नर्सका लागि आवेदन मागेको हो।

२५ जना चिकित्सकका लागि खुलाइएको विज्ञापनमा ११ जना खुला, २ जना महिला, १ जना अमर/ अशक्त सशस्त्र प्रहरीका सन्तति, ४ जना आदिवासी जनजाति, ३ जना मधेसी, १ जना दलितका लागि कोटा छुट्याइएको छ।
४६ जना स्टाफ नर्सका लागि खुलाइएको विज्ञापनमा २५ जना खुला, १ जना अमर/अशक्त सशस्त्र प्रहरीका सन्तति, ४ जना महिला, ७ जना आदिवासी/जनजाति, ५ जना मधेसी, ३ जना दलित, १ जना पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ।

प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक)का लागि २१ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्नेछ। मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा एमबीबीएस उत्तीर्ण वा सो सरह उपाधि प्राप्त गरि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्ने छ।

प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षक (स्टाफ नर्स) का लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा कम्तीमा प्रमाणपत्र तह वा सो सरह उपाधि प्राप्त गरी नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।आगामी भदौ १२ गते ५ बजेसम्म रितपूर्वक आवेदन दिन सकिनेछ। दरखास्त फारम सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, भर्ना छनोट शाखा, हलचोकमा बुझाउनुपर्ने सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..