ब्राउनसुगर सहित २ जना पक्राउ


झापा । झापा मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टा पुरानो मेचीपुल स्थीतबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा बाह्रदशी गाँउपालिका ६ बिहीबारे बस्ने ३० बर्षीय पुरन राई र सप्तरी बोदे बर्साईन घर भई हाल झापा विर्तामोड नगरपालिका वडा नं. १ भगवान चौक स्थितमा डेरा गरी बस्ने ३५ बर्षीय नागेन्द्र कुमार यादव रहेका छन् ।

हिजो दिनको साँढे ४ बजे ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले प्र.३-०१-०२४ च ८००० नम्वरको गाडीलाई शंका लागि चेकजाँच गर्दा चालक रहेका राई र सवार यादवको साथबाट लागुऔषध ब्राउन सुगर २ ग्राम, ८०० मिलिग्राम फेला परेको थियो ।

पक्राउ परेका दुवैको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..