सशस्त्र प्रहरीद्वारा भन्सार छलेको आशंकामा सामान बरामद


वीरगञ्ज । वीरगञ्जबाट सशस्त्र प्रहरीले भन्सार छलीको आशंकामा सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज–१४ गण्डक चोकबाट सशस्त्र प्रहरीले ना ६ ख ९९०५ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।


विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले ६० लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल १३ नं. गणका प्रमुख प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार ट्रकमा बिलबिजकमा उल्लेख गरिएको भन्दा फरक इलेक्ट्रोनिक्स सामान, औषधीलगायतका सामग्री थियो ।

ट्रकको मुल्य ३० लाख रुपैयाँ र सामग्रीको मुल्यांकन ६० लाख ७५ हजार ४ सय १६ रुपैयाँ गरिएको छ ।सामग्री सहितको ट्रक आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट साउन १० गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित भारतमा घर बताउने १९ वर्षिय रोहित कुमार सोनारलाई पक्राउ गरेको छ ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी भिष्वाबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनको साथमा डाईजोपाम ३ सय एम्पुल, नोफिन ३ सय एम्पुल र फेनारगन ३ सय एम्पुल फेला पारेको हो । पक्राउ परेका सोनारलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..