ट्राफिक प्रहरीले थाल्यो सवारी चालकमाथि लागूऔषध सेवनको चेकजाँच

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले सवारी साधनका चालकमाथि निगरानी बढाएको छ। सोमबारदेखि ट्राफिक प्रहरीले सवारीचालकले लागूऔषध सेवन गरी सवारी चलाएको/नचलाएकोबारे चेकजाँच थालेको हो।

यसका लागि ट्राफिक प्रहरीले प्राविधिक टोलीसहित चेकजाँच अभियान सुरु गरेको जनाएको छ। चेकजाँचका लागि टीएचसी किटको प्रयोग गरिएको छ।

साथै ट्राफिक प्रहरीले स्कुल बस चेकजाँच गर्ने अभियान अन्तर्गत चेकजाँचको क्रममा गोगंबु चोकस्थित नयाँबसपार्कमा सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेको बा २ क ८२५७ नं.को स्कुल बसले बढी विद्यार्थी बोकेको पाइएकाले कारबाही गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..