वरिष्ठ लोक देउडा गायक हरिचन्द्र कडायतको निधन

काठमाडौं । वरिष्ठ लोक देउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका-२ मुम्ला घर भएका ५५ वर्षीय कडायतको सेती प्रादेशिक अस्पतालमा बुधबार निधन भएको हो ।


अचेत अवस्थामै धनगढी स्थित नवजीवन अस्पताल पुर्‍याइएका उनको स्वास्थ्य अवस्थामा सुधार हुन नसके पछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरेर उपचार भई रहेको थियो । उनको मस्तिष्क घातका कारण मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।


कडायत २०४९ सालदेखि देउडा गायन क्षेत्रमा सक्रिय रहेका थिए । लोक देउडा गायक कडायत ले ‘कर्णालीका भेल’‘बझाङी काल्या’ ‘ल बिणी खान्या की’लगायत विभिन्न चर्चित गीतमा गाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..