‘भेट्न बोलाएर अपहरण ७ लाख फिरौती माग, ६ जना पक्राउ


दाङ । अपहरण गरेर सात लाख रुपैयाँ फिरौती माग्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ ।दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ का २७ बर्षीय केशवकुमार विकलाई अपहरण गरी ७ लाख मागेको आरोपमा दाङको तुलसीपुरबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा बबई गाउँपालिका– ४ का ३५ बर्षीय लीला विक, सोही ठाउँका ३५ बर्षीय नेवबहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका–७ निवासी २६ बर्षीया निर्मला विक, तुलसीपुर-४ खाद्रेका २५ बर्षीय सुकलाल विक, कपिलवस्तु शिवराज नगरपालिका–९ का २० बर्षीय मनोज थारु र गाडी चालक प्यूठान घर भई हाल तुलसीपुर–६ बस्ने २४ बर्षीय जनक कुँवर रहेका छन् ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार केही समयअघि केशवको चिनाजानी दाङ तुलसीपुरकी निमला विकसँग फेसबुकबाट भयो । निर्मला विकले फेसबुकमा कुरा गर्दै सोमबार केशवलाई बुटवलमा भेट्न बोलाइन् ।भेट्न बोलाएपछि केशव सोमबार राति नै बुटवल आइपुगे । तर ती महिलाले आफू लिन आउँन नसक्ने र आफन्तलाई गाडीमा लिन पठाएको बताइन् । केशवलाई लिन पुगेका बबई गाउँपालिका-४ का ३५ बर्षीय लीला विक र सोही ठाउँका ३५ बर्षीय नेवबहादुर घर्तीले गाडीमा हालेर सिधै तुलसीपुर ल्याए ।


डीएसपी अर्यालका अनुसार सोमबार राति नै तुलसीपुर ल्याएपछि सल्यान रोडस्थित युवम होटेलमा उनलाई बन्धक बनाएर राखियो । ७ लाख रुपैयाँ दिएमात्रै छोड्ने भन्दै उनीसँग रकम मागे । त्यो सूचना दैलेखमा रहेकी केशवकी श्रीमतीले पाएपछि प्रहरीले जानकारी पाएको अर्यालले बताए । त्यसपछि प्रहरीले केशवको उद्दार गर्दै घटनामा संलग्नको आरोपमा ६ जनालाई पक्राउ गरेको हो ।

डीएसपी अर्यालका अनुसार युवतीको प्रयोग गरी पैसा असुल्न रणनीति बनाएको खुलेको छ । यसअघि अपहरणमा परेका केशव, मनोज थारू र सुकलाल बिकसँगै साउदी अरबमा काम गरेका थिए । केशवबाट पैसा असुल्ने उद्देश्यले युवतीको प्रयोग गरी अपहरण गरिएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..