एसइईको नतिजा भोलि दिउँसो प्रकाशित हुने निश्चित


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा भोलि (बुधबार) दिउँसो प्रकाशित गर्ने जनाएको छ। बुधबार दिउँसो नतिजा प्रकाशित गर्ने निर्णय भइसकेको बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए।


बोर्डले यसअघि पटक-पटक नतिजा प्रकाशित गर्ने समय सार्दै आएको थियो। ‘भोलि नतिजा प्रकाशित हुने कन्फर्म हो, ’रायमाझीले भने। एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो।

बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका छन्।यसअघिका दुई वर्ष कोभिड-१९ महामारीका कारण आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..