बालिका बलात्कार गरेर हत्या गरेकाे आरोपमा नाबालकसहित सलमान खान पक्राउ

वीरगञ्ज । वीरगञ्जमा ४ वर्षीय बालिकाको बलात्कार गरि हत्या गरेको आरोपमा पर्सा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ का १९ वर्षीय जफ्रुदीन भन्ने सलमान खान, वडा नम्बर १६ का १८ वर्षीय सलमान खान र १२ वर्षीय बालक रहेका छन् ।प्रहरीका अनुसार उक्त घटनामा संलग्न एक आरोपित व्यक्ति फरार रहेको छ ।


गत श्रावण ६ गते जिल्ला प्रहरी कार्यालय पर्सामा बालिका हराएको उनको हजुरबुवाले उजुरी दिएका थिए ।उक्त उजुरीको आधारमा खोजी कार्य गर्दै जाँदा वीरगञ्ज महानगरपालिका वडा नं.२ छपकैया स्थित खाली जग्गाको झाडीमा उक्त हराइरहेकी ४ वर्षीया बालिकाको मृत शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतका अनुसार अनुसन्धानको क्रममा बालिका हत्यामा १२ वर्षीय वालकको संलग्नता रहेको खुल्न आएको थियो । बालकलाई सोधपुछ गर्ने क्रममा अन्य ३ जनाको समेत संलग्नता रहेको बताईएको थियो ।

उक्त हराएकी वालिकालाई सामूहीक जबरजस्ती करणी पश्चात कर्तव्य गरी मारेको थप अनुसन्धानमा खुल्न आएको प्रहरी उपरिक्षक बस्नेतले बताउनुभयो ।मृतक वालिकाको शव पोष्टमार्टम पश्चात अन्त्येष्टीका लागि परिवारको जिम्मा लगाइएको र पक्राउ परेको आरोपितहरू विरुद्ध जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइहेको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो ।


फरार रहेको १ जना अभियुक्तको पहिचान भैसकेको र उनको खोज तलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरी तालिम केन्द्रहरूले व्यावसायिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने : प्रहरी महानिरीक्षक सिंह

प्रहरी तालिम केन्द्रहरूले व्यावसायिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने : प्रहरी महानिरीक्षक सिंह

धनुषा । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीको तालिम प्रदायक संस्थाहरूले कुशल एवं व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ ।  मधेश प्रदेश..