१ नम्वर प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय भोजपुरको निरीक्षण भ्रमण सम्पन्न

विराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आज जिल्ला प्रहरी कार्यालय भोजपुरको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको थियो ।

निर्देशनको क्रममा वहाँले पहाडी जिल्लाहरुमा यातायातको पहुच कम हुने भएकोले अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न समय समयमा लामो तथा छोटो गस्ति निकाली स्थानिय मानिसहरुसंग समन्वय गरी दुर दराजमा भएका गतिविधि बुझी आम नागरिकहरुको सुरक्षार्थमा प्रहरी खटिन निर्देशन दिनु भयो ।

पहिरो, आगलागि र अन्य बिपदहरुमा स्थानिय सरकार तथा अन्य सुरक्षा निकाय संग समन्वय गरी नागरिकको जीउ धनको रक्षा गर्न र नैतिकता र अनुशासित भई सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहुरलाई निर्देशन दिनु भयो ।


निर्देशनकै क्रममा वहाँले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र सवारी दुर्घटना न्युनिकरण, आत्महत्या तथा लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रण गर्नको लागि बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गरी आम नागरिकमा सचेतना फैल्याउन समेत निर्देशन दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरी तालिम केन्द्रहरूले व्यावसायिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने : प्रहरी महानिरीक्षक सिंह

प्रहरी तालिम केन्द्रहरूले व्यावसायिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने : प्रहरी महानिरीक्षक सिंह

धनुषा । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीको तालिम प्रदायक संस्थाहरूले कुशल एवं व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ ।  मधेश प्रदेश..