दुर्लभ चुच्चे ह्वेल समुद्री किनारमै देखिन थाले, वैज्ञानिकहरू चिन्तित

काठमाडौं । विशेषगरी गहिरो समुन्द्रमा पाइने धेरै अनौठो र विरलै देखिने चुच्चे ह्वेलहरू नेदरल्यान्ड्सको किनारको छेउमा भेटिएका छन् । एसओएस डल्फिन फाउन्डेसनका अनुसार जुलाई १९ मा नेदरल्यान्ड्सको समुद्री तटमा तीनवटा चुच्चो ह्वेलहरू फेला परेका थिए । उक्त  ह्वेलहरूलाई समुद्री किनारबाट टाढा राख्न आवश्यक रहेको विवरणहरूमा जनाइएको छ ।

गहिरो समुद्री ह्वेलहरूलाई उत्तरी सागरको सतही पानीमा बाँच्न गाह्रो हुने भन्दै पछिल्लो पटक देखिएको दृश्य चिन्ताजनक भएको फाउन्डेसनले जनाएको छ ।
चुच्चो ह्वेल असामान्य र अस्पष्ट २४ प्रजातिहरुको एक विविध समूह हो ।  तिनीहरू लम्बाइमा ४२ फिट सम्म पुग्न सक्छन् । समुद्री जनावरहरूमा असामान्य मानिने चुचे ह्वेल समुद्रमा शिकार गर्न ठूलो गहिराइमा डुबुल्की मार्छन् ।

तिनीहरू लगभग ९ हजार  फिटको गहिराइमा डुब्न सक्छन् र चार घण्टाभन्दा बढीको लागि आफ्नो सास रोक्न सक्छन् । लन्डनको सेटासियन स्ट्रान्डिङ इन्भेस्टिगेसन प्रोग्राम (सीएसआइपी)को जुलोजिकल सोसाइटीका परियोजना प्रबन्धक रोब डेभिलका अनुसार धेरै चुच्चे ह्वेलहरू सिकारी र मानव सृजित प्लास्टिक प्रदूषणका कारण मरेर किनारमा पुग्छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..