सिराहामा तस्कर विरुद्ध कठोर बन्दै एसपी थापा : धमाधम पक्राउ पर्दै तस्करीको मालसमान

लहान । सशस्त्र प्रहरी बल ७ नम्बर गण सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रमेश थापाले तस्कर विरुद्ध कठोर रुपमा प्रस्तुत भएका छ्न । नेपाल र भारत सिमा खुला रहेको हुदा तस्करहरु सक्रिय भएको सूचना पाउने बितिकै एसपी थापाले कडा निगरानी बढाएका छन् ।

सशस्त्र प्रहरी उपरीक्षक थापाले बिओपि इन्चार्जहरुलाई नि तस्कर विरुद्ध खरो उत्रिन समेत निर्देशन दिएका छ्न । एसपी थापाले तस्कर विरुद्ध कठोर बन्न निर्देश दिएपछि सशस्त्रले सीमानाकादेखि सहरसम्म तस्करमाथि निगरानी बढाएपछि पछिल्लो समय दैनिकजसो तस्कर र तस्करीका सामान पक्राउ पर्दै छ ।

भन्सार छलेर भित्र्याइएका सामान र सामान बोक्न प्रयोग गरिने सवारीसाधन र मानिस प्रहरीको नियन्त्रणमा आउने गरेका छन् । पछिल्लो समय तस्करीमा संलग्न भागेकाले नियन्त्रणमा लिन नसकेको जवाफ सशस्त्र प्रहरीबाट बिरलै आउँछ ।

सिराहाको ठाडी , वरियारपट्टि र माडरमा तस्कर गर्ने ठाउँ उर्वर नाका थिए । लहान , गोलबजार र सिराहामा भण्डारण गरिने चिनियाँ स्याउ पिकअप जिप, ट्याक्टर र मिनी ट्रकमा दिउँसै सीमाक्षेत्रका यी बजारमा भण्डारण गरिन्थ्यो । त्यहाँबाट सुरक्षित समयमा पारि पुर्याइन्थ्यो ।

स्थानीय अजय साह भन्छन,‘ एसपी थापाले तस्करी बारे थाहा पाए पछि सीमावर्ती क्षेत्रमा तस्करको राजपनि समाप्त भएको छ ।’ वारिपारी तस्करी धन्दा अचानक बन्द भएपछि तस्कर गर्नेहरुबाट उनले थाहा पाएछ एसपी थापाको करामत रहेछ । सीमानाकामा तायनाथ उही प्रहरी हो तिन केही दिन अघिसम्म तस्करसँगै खानपिन गथ्र्यो साहले भने,‘अहिले उनैले तस्करको सामान समाउँछ ।’

यता सशस्त्र प्रहरी बल ७ नम्बर गण सिराहाका प्रमुख एसपी थापाले आफ्नो कार्यकालमा कुनै किसिमको अवैध क्रियाकलाप गर्ने गिरोहलाई बढावा नदिने बताउनु भएको छ । नेपाल र भारतको सीमा नाका खुल्ला भएको कारण अवैध तरिकाले आयात निर्यात हुने गरेको कार्यलाई पूर्ण रुपले ठप्प पार्न नसकिने भएपनि आफ्नो प्रयास न्यूनिकरण गर्नमा कुनै कसर बाकी नराखिने थापाले बताए ।

उनले यस अनलाईन सग कुरा गर्दै अगामी दिनमा पनि सशस्त्र प्रहरी बल सिराहाका मातहातमा रहेका सशस्त्र प्रहरीले अवैध क्रियाकलाप गर्ने संगठनहरु सग कुनै सहकार्य नगरी यस्तै कार्य गरिरहने बिश्वास व्यक्त गर्नुभयो ।

नेपाली नागरिकको हैसियतले सीमा सुरक्षाका साथ साथै अवैध क्रियाकलापलाई न्यूनिकरण गर्नु हामी सबैको दायीत्व रहेको कारण हामी सबै नेपाली नागरिक यसमा बिशेष ध्यान दिनुपर्ने, एसपी थापाले बताए । उनका अनुसार सीमा वारी हुने गरेको अवैध कृयाकलापलाई ध्यानमा राखी सबै किसिमको गतिविधिमा कहि कतैबाट त्रुटी देखिए तुरुन्तै स्थानीय सशस्त्र प्रहरी बल नेपाललाई खबर गरेर सहयोग गर्नु हुन अनुरोध समेत गरे ।

कानुनले निषेध गरेको काम गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन इमान्दार प्रयास गरिरहेको छु, उनले भने,‘मातहतलाई पनि इमान्दारपूर्वक चोरीतस्करी नियन्त्रणमा सक्रिय हुन भनेको छुँ ।’ आचरण विपरितका काम गर्ने प्रहरीलाई कारबाही पनि गरेको छुँ, उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरी तालिम केन्द्रहरूले व्यावसायिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने : प्रहरी महानिरीक्षक सिंह

प्रहरी तालिम केन्द्रहरूले व्यावसायिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने : प्रहरी महानिरीक्षक सिंह

धनुषा । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीको तालिम प्रदायक संस्थाहरूले कुशल एवं व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ ।  मधेश प्रदेश..